योगी सर्वत्रापमानित 'स्मृतिरोगी'
(स्मृतिवस्तीबाट )
]म त शून्य हजुरगुणा गरेपनि, भाग गरेपनि,
आखिर शून्य, शून्य नै हुन्छु
मेरो मूल्य आफैसँग इमान्दार भै सोधें
मेरो मानको पहिचानमा अनेक उपाय रोजें
उपलब्ध सबै विधि पनि अपनाएँ
आखिर म त शून्य थिएँ, शून्यता नै पाएँ
त्यसैले त पीडाबोधमा आफ्नै मूल्य गुन्छु
यथार्थको धरातलमा अस्तित्वविहीन हुन्छु
मैले आफूलाई कसैसँग जोडी हेरें,
मैले आफूबाट कसैलाई घटाई हेरें
जोड्दा उसकै अस्तित्वमा लुक्न पुगें
घट्दा त झन आफै नै गुम्न पुगें
शून्यको त वास्तविक मान छैन भन्ने सुन्छु
हर–हिसाबले आखिर म त शून्यतामै हुन्छु
हे मलाई आश्रय दिएर प्रयोग गर्ने मानव समुदाय
अब म हात उठाएर सोध्दैछु– ‘मेरो मूल्य कति ?’
आखिर मेरो परिभाषित मान कति ?
कृपया मुल्याङ्कन गरी पाऊँ
0 comments:
Post a Comment