Home » » गजल (छ न त मेरो नि उसकोझैँ एक,विगत थियो)

गजल (छ न त मेरो नि उसकोझैँ एक,विगत थियो)

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Monday, September 7, 2015 | सम्प्रेषण समयः 7:34 PM

उदास अनन्त
हो, छ न त मेरो नि उसकोझैँ एक,विगत थियो
तर म ऊ झैँ फर्किईनँ किनकि त्यो,गलत थियो

दिलदेखि निकालिँदै गर्दा,मेरो प्रेम झुठो भनियो
मलाई आफू बचाउँ कि प्रेम बचाउँ,आपत थियो

म काँडाले घोचिईरहँदा,ऐय्या भन्ने ताकत थिएन
न त्यो सुन्न फूल सुँघिरहेकी उसलाई,फुर्सत थियो

उसको घर छेवैको फोहोर थुपार्ने,ठुलो डस्बिननेर
मजस्तै,मेरो रगतले लेखिएको वेवारिसे,खत थियो

एक अमर प्रेमी आज सधैँलाई,मरेर गएको थियो
दुनियाँको नजरमा कायरता,तर खासमा,शहादत थियो

-उदास अनन्त

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment