ए !
बन्दकर्ताका सम्पुर्ण
महाशयहरु हो। तिमीहरुले बन्द केका लागि गरेका छौ ?
त्यो सवै मलाई थाहा छ ।
म प्रश्न चिन्ह खडा गरिरहन चाहन्न ।
आखिर खै त ?
तिम्रो माग सम्बन्धित
पक्षले सुनेको ?
खै त ?
तिम्रो अखण्ड प्रदेशको
आन्दोलनको समाचार
गोरखापत्र, कान्तिपुरमा छापिएको ?
अनि खै त
देशको सवै मिडियाहरुले
तिम्रो आन्दोलनको समाचारलाई स्थान दिएको ?
आखिर,
कति दिन भयो
बन्दको आन्दोलन
हुन थालेको ?
आजसम्म
कसैले तिम्रो बन्दको
संघर्ष बारेमा
चासो दिएको छ ?
छ भने किन आन्दोलन
यथावत् नै छ त ?
कुनाकन्दरामा यसरी
आन्दोलन गरेर कहिल्यै
सम्भव हुदैन ।
यसरी सर्बसाधरणको
दैनिकी, जीवन मर्कामा पारेर
तिम्रो कहिल्यै भलो हुदैन ।
बरु सिंहदरवारमा आन्दोलन गर
तिम्रो आन्दोलनको
छिट्टै सुनुवाइ हुनेछ,
र हल हुनेछ,
तिम्रो माग
अनि तिम्रो समस्याका ।
नवीन उदासी
![]() |
नवीन उदासी |
महाशयहरु हो। तिमीहरुले बन्द केका लागि गरेका छौ ?
त्यो सवै मलाई थाहा छ ।
म प्रश्न चिन्ह खडा गरिरहन चाहन्न ।
आखिर खै त ?
तिम्रो माग सम्बन्धित
पक्षले सुनेको ?
खै त ?
तिम्रो अखण्ड प्रदेशको
आन्दोलनको समाचार
गोरखापत्र, कान्तिपुरमा छापिएको ?
अनि खै त
देशको सवै मिडियाहरुले
तिम्रो आन्दोलनको समाचारलाई स्थान दिएको ?
आखिर,
कति दिन भयो
बन्दको आन्दोलन
हुन थालेको ?
आजसम्म
कसैले तिम्रो बन्दको
संघर्ष बारेमा
चासो दिएको छ ?
छ भने किन आन्दोलन
यथावत् नै छ त ?
कुनाकन्दरामा यसरी
आन्दोलन गरेर कहिल्यै
सम्भव हुदैन ।
यसरी सर्बसाधरणको
दैनिकी, जीवन मर्कामा पारेर
तिम्रो कहिल्यै भलो हुदैन ।
बरु सिंहदरवारमा आन्दोलन गर
तिम्रो आन्दोलनको
छिट्टै सुनुवाइ हुनेछ,
र हल हुनेछ,
तिम्रो माग
अनि तिम्रो समस्याका ।
नवीन उदासी
0 comments:
Post a Comment