तीर्थ संगम राई
विहानको ४ बजेको हुुँदो हो । सडकमा मानिसहरुको फाट्टफुट्ट पदचाप सुुन्न थालिसकेको छ । मजदुुरहरु काम तिर जान थालेको अनुमान लगाउन सकिन्छ । भालेको दोस्रो डाक सकिएको छ । बिस्तारै उज्यालोले आफ्नो साम्राज्य फैलाउन थालिसकेको छ । बाँसको झाँङ्गमा चराहरु चिर्रबिर आवाजले विहानीको आभाष दिदैछन् । पारि धोविडाँडाबाट लुुर्इंचेका खिरिलो आवाजहरुले भोटे कुुकुुरहरुलाई भुुक्न बाध्य तुुल्याउँछ । हरेक विहानीको यो दैनिकी आज अलिक भिन्नै छ । भत्किन लागेको वलीहाङ्गको घर बर्षौ पहिले छाएको खरले पनि बिदा माग्न लागेको छ । घरका भित्ता र दलिनहरुले लाचार भई लाज सरमले आङ्ग छोपि रहेको भान हुुन्छ । गरिवीको चरम सिमा सायद यो भन्दा अरु नहोला । भएको पाखा बारीमा उब्जाउ हुुन छोड्यो । श्रीमती पारु र छोरी सुुम्निमाको लागि वलीहाङ्गले झरी बादल केहि नभनी काम गर्दा पनि आर्थिक अवस्थामा सुुधार आएन । अनि श्रीमती सँग एक साँझ विदेश जाने कुुरामा छलफल ग¥यो । श्रीमतीले नमान्दा नमान्दै सबै कुुराको तयारी पुुरा गरेर आज घर छोड्दै छ ।
पात्रहरु वलीहाङ्ग नाटकको मुुख्य पुरुष पात्र
पारु नाटकको मुुख्य महिला पात्र
सुुम्निमा ५ वर्षकी छोरी
एकलव्य नाटकको सहपात्र
छिमेकीहरु
समय र स्थानः विहानपख । वलीहाङ्गको घरको कोठा । चुुल्होको नजिकै आलमारी अनि भार झुुण्डिएको, अलिक पर एउटा खटिया । खटियाको दाहिने कुुनामा कपडा झुण्ड्याउनको लागि डोरी टागिएको छ । सुुम्निमा मस्त निन्द्रा सुुतिरहेकी छे । पारु र वलीहाङ्गको आँखा अनिदो र आँशुुले राता देखिन्छ । सायद घर छोड्ने रात नसुुतेको हुुनुुपर्छ । पारुले घर लिपपोत गरेर ढोकामा दुुईवटा गाग्रो भरि पानी राखिसकेकी थिई । वलीहाङ्ग चुुल्हो छेउ बसेर लगातार विडीँ पिई रहेको थियो । आखाँ भरि आँशुु बनाएर वलीहाङ्ग घरि छोरी हेथ्र्यो, घरि पारुलाई । पारुले श्रीमानलाई हेर्न सकि रहेकी थिईन । एकसुुरले आफ्नो काम गरिरहेकी थिई । बिदाईको सामाग्री बनाउन उसका हातहरु बढ्न सकिरहेका थिएनन् । पात्रहरु वलीहाङ्ग नाटकको मुुख्य पुरुष पात्र
पारु नाटकको मुुख्य महिला पात्र
सुुम्निमा ५ वर्षकी छोरी
एकलव्य नाटकको सहपात्र
छिमेकीहरु
पर्दा खोलिन्छ
वलीहाङ्ग पारु ! (आँखा भरि आँशुु थियो स्वरमा रोदन, पारुले श्रीमान तिर बिस्तारै हेरी) पारु चाँडो गर एकलव्य आउने बेला भयो ।
पारु (सुुक्सुुक् रुन थाली) यो समय पनि कति निस्ठूरी । सक्ने भए म यस्लाई समाएर राख्ने थिए । (आँशुु पुुछेर भुुईमा थ्याच्च बसी)
वलीहाङ्ग (वलीहाङ्ग विस्तारै पारु सम्मुुख गयो) नरोऊ पारु । आँशुुले मेरो बाटो नछेक । म विहानीको शीत टिप्न जादंैछुु । तिमी मलाई आँशुुले हैन तिम्रो त्यो मुुस्कानले विदा गर ताकी म संसारको सबै दुुःखहरु भुुलेर तिम्रो एक मुुस्कानको साहराले संघर्ष गर्न सकुुँ ।
पारु मेरो देव, तपाईले कति सजिलै मेरो एक मुुस्कान माग्नु भयो ? तर तपाईलाई थाहा छ मेरो मुुस्कान भन्नुु नै तपाई हुुनुुहुुन्छ । तपाई नै मबाट टाढा हुुदै हुुनुुहुुन्छ भने म कसरी हाँस्न सकुुँला र ? (पारु झन आँखा छोपेर रुन थाली ।)
वलीहाङ्ग (आँखाको आँशुुलाई लुुकाउदै पारुलाई छातिमा टाँस्यो । केहिबेर दुुवै रोई रहे) पारु, अब मेरो जाने बेला हुुन लाग्यो । अहिले छोरी उठी भने फेरी जान नसकँुुला ।
पारु तपाई जान जरुरी छ र ? नगए हुुन्न ? (अति सोझी र सरल पारु) हामीलाई छोडेर नजानुु न । बरु तपाईले कमाएको एक छाकमा हामी बाँचौला । एक सरो कपडामा हामी रमाउँला । यो वियोग.............अहँ म सक्दिन खप्न मेरो देव ।
वलीहाङ्गले पारुलाई सम्झाउन सक्ने अवस्था रहेन । उसलाई पनि अंगालो भरिको श्रीमती र काखको नानीलाई छोडेर विदेशीने मन कहाँ थियो र ? तर देशको विग्रदो अवस्था, घरको असिमित आवश्यकताको अगाडि ऊ लाचार र निरिह थियो । आफुुलाई सम्हाल्न नसकेर नेपथ्य तिर दगुु¥यो । पारु चुुल्हो छेउमा बसेर छाति पिटिपिटि रुन थाली । सायद सुुम्निमाले पनि बाबाले घर छोड्ने कुुरा सपनामा देखिछ क्यार निन्द्रामा नै रुन थाली । पारु आफुुलाई सम्हाल्दै छोरीलाई सुुम्सुुम्याउन खाटियामा पुगी । केहि क्षण पश्चात वलीहाङ्ग कोठा भित्र प्रवेश ग¥यो । पारु छोरीको छेऊमा बसेर सुुक्सुुकाउदै थिई । वलीहाङ्गको पनि आँखा रसीलो थियो । पारुको छेउमा गएर अति प्यारले पारुको गाला मुुसा¥यो । केशरासी मिलाई दियो अनि आँखाको आँशुु पुुछि दियो ।
वलीहाङ्ग पारु, हामीले सुुम्निमाको उज्वल भविष्यको लागि भए पनि यो विछोडको पीडालाई स्वीकार गर्नुु पर्छ । हामीले हाम्रो जीवन जति दिन सँगै बाँच्यौं त्यसैलाई सन्तोष मानेर अबको दिनमा बाँच्न सक्नुु पर्छ । म सधै भरीको लागि पनि जान लागेको हैन लाटी । २ बर्ष पछि फर्केर आउनेछुु । (पारुले श्रीमानको अनुुहारमा पुुलुुक्क हेरी) त्यस पछिका हाम्रा दिनहरु सुुखले बित्ने छ । छोरीलाई राम्रो स्कुुलमा भर्ना गरौंला । धान फल्ने खेत किनौला । सँगै हाटबजार घुुमौंला । २ बर्ष भनेको कति नै हो र ?
पारु (अलिक रुन कम भयो) सुुम्निमाको बाबा, तपाईले भनेको जस्तो त्यति चाँडै यो समय कहाँ बित्छ र ? अति नै कठोर छ यो समय, यो समाज अनि पर पुुरुषका घृणित् आँखाहरु .......। तपाई बिनाको जीवन कसरी कल्पना गरुँ म ?
वलीहाङ्ग पारु तिमीले म विनाको जीवन पनि बाँच्न सिक्नुु पर्छ भोलि मलाई केहि भयो भने ? (शब्दहरु पुुरा हुुन नपाई पारुले मुुख थुुनि दिई अनि छाँद हालेर रुन थाली । यो रुवाईले सुुम्निमाको पनि निन्द्रा खुल्यो ।)
सुुम्निमा (आँखा मिच्दै) पापा..पापा मामुुलाई के भयो ? तपाईले पिट्नुु भयो ? (वोलीमा बाल शुुलभता थियो ।)
पारु हैन छोरी मलाई केहि भएको छैन । तेरो पापा हामीलाई छोडेर जादै हुुनुुहुुन्छ ।
वलीहाङ्ग पारु ......................! (छोरीलाई सम्झाउँदै) हैन छोरी, म छिट्टै फर्केर आउँनेछुु ।
सुुम्निमा पापा म पनि जान्छुु ल । (छोरीको बोलीमा आग्रह र मायाँ थियो ।)
वलीहाङ्ग नानी म पछि आउँदा तिमीलाई धेरै खानेकुुराहरु, खेलौनाहरु ल्याई दिन्छुु । मेरी ज्ञानी छोरीले मैले भनेको मान्छिन् । तिम्रो जन्म दिनमा म पैसा पठाई दिने छुु ।
पारु तपाईलाई हामी दुुईको यति मायाँ हुुँदाहुुदै पनि किन जानुु हुुन्छ ?
वलीहाङ्ग पारु, प्रेम जीवनको एक पाटो हो कर्तव्य अर्को पाटो । हामीले प्रेममय जीवन बाँचेर हेरी सक्यौ अब कर्तव्य पनि पुुरा गर्नुुपर्छ नत्र भोलिको दिनले धिक्कार गर्ने छ ।
एकलव्य (नेपथ्यबाट कराउँछ ।) वलीहाङ्ग दाजै ! पारु भाउजुु !! घर भित्र कोहि छैन की क्याहो । ठिलो भई सक्यो । (एक्लै फत्फताउँछ ।)
वलीहाङ्ग भित्र नै आईज भाई ।
एकलव्य भित्र प्रवेश गर्छ । तीन प्राणी एकै ठाउँ झोक्राएर बसी रहेको देखेर एकछिन छक्क पर्छ । सबैको आँखा रातो देखेर सबै कुुरा बुुझ्न गाह्रो पर्दैन । पारु र वलीहाङ्ग आँशुुलाई लुुकाउने असफल प्रयास गरी रहेका थिएँ । पारु बिदाईको सामान मिलाउन थाली । वलीहाङ्ग आफ्नो कपडाहरु एउटा थोत्रो झोलामा कोच्न थाल्यो । सुुम्निमा पापालाई कपडा हाल्न सघाई रहेकी थिई तर विचरीलाई के थाहा पापा केहि समयको लागि हैन, पुुरै २ बर्षको लागि बिदेश जादैछ भन्ने कुुरा..... पापालाई खानेकुुरा ल्याई दिने आग्रह गर्दै पापाको गालामा मायाँलुु म्वाई पनि खादैं थिई । वलीहाङ्गको आँखामा आँशुु बगि नै रहेको थियो । यता पारुले पनि सामाग्री तयार पारी ।
पारु एकलव्य बाबुु दाईको हरेक सुुख र दुुःखमा साथ दिनुु होला । अब दाईलाई तपाईको जिम्मा लगाउँदै छुु । (करुण स्वरमा भनि)
एकलव्य भाउजुु तपाईले चिन्ता लिनुु पर्दैन हामी दाजुुभाई मिलेर काम गर्नेछौ । पैसा कमाउँनेछौ अनि सँगै फर्कने छौ ।
पारु (श्रीमान र एकलव्यलाई पालैपालो टिका लगाई दिई अनि सगुुन खुुवाई) सुुम्निमाको बाबा जाने बेलामा एउटा कुुरा भनुुँ । (विनयको भावमा)
वलीहाङ्ग भन पारु । (मायालुु नजरले हेर्दै)
पारु बिदेशको रमझममा फसेर नानी र मलाई नभुुल्नुु होला । छोरा मान्छेको मन हो बदलिन के बेर लाग्छ र ?
एकलव्य अहिले भने भाउजुुले गाँठी कुुरा गर्नुुभयो ।
वलीहाङ्ग (सुम्निमाले पापाको खुट्टामा छाँद हालेकी थिई । पारुले श्रीमानको छातिमा शीर अड्याएकी थिई । साँच्चैनै यो हृदय बिदारक दृश्य हेरेर जो कोहिको पनि आँखा रसाउँदथ्यो । एकलव्यलाई पनि थामि नसक्नु भएछ क्यार, चुपचाप बाहिर पर्खने इसारा गरेर निस्कीयो । वलीहाङ्गले पारुलाई सम्झाउँन थाल्यो ।) पारु तिमीले यो के कुरा गरेकी ? म संसारको जुन सुकै भू—भागमा पुगुँला तर, तिमीहरुको तस्वीर मेरो आँखाबाट कहिले पनि ओझेल पर्ने छैन । सायद भोलि म विदेशी माटोमा विलिन हुँला तर, मेरो छाति भित्रको मायाँ कहिले पनि मर्ने छैन ।
पारु तर मेरो देव, म कसरी विश्वास गरुँ ? म कसरी विताउँ यो कहाली लाग्दो समय.........?
वलीहाङ्ग धैर्य गर पारु । प्रतिक्षाको फल मिठो हुन्छ भन्छन् । नानीको राम्रो ख्याल गर्नु म तिमीलाई बेला बेला पैसा र चिठी पठाउँला । यो असारमा नानीको जन्मदिन पारेर फोन गरुँला ।
सुम्निमा पापा तपाई मेरो जन्मदिनमा आउनु हुन्न ? (रुन्चे अनुहार पारेर) नाई नत्र म तपाईलाई जान दिन्न । (छोरीले वलीहाङ्गको खुट्टा छोड्न मानिन् ।)
पारु नानी तिम्रो पापा तिम्रै लागि पैसा कमाउन जादै हुनुहुन्छ । छोडिदेऊ । (छोरीलाई आफु तिर तानी)
वलीहाङ्ग छोरीको हातमा पैसा राखि दिदै थुथु ग¥यो । ताकी छोरीको सातो आफु सँग नजाओस भनेर अनि पारुको अधरमा चुम्बन ग¥यो । र यति मात्र भन्न सक्यो, “बस है मेरी पारु.................।” वलीहाङ्ग पछाडि नहेरी सरासर हिड्यो । पारुका आँखाबाट अविरल आँशुका ढिक्काहरु बर्षिन थाले । अवोध छोरीलाई के थाहा पापा र मामुको पीडा । ऊ आफ्नै धुनमा भन्दै थिई ।
सुम्निमा पापा छिट्टै घर फर्कनुहोस् है म तपाईलाई पर्खि रहने छु । पापा.............मामु रुँदै हुनुहुन्छ, छिट्टै घर फर्कनुहोस है...................................पापा.............वाई............वाई................फेरी भेटौला........ल । (वलीहाङ्ग र एकलव्य हेर्दा हेर्दै ओझेल भए । घाम टाउको माथि आई सकेको थियो ।
तीन महिना पछि...........................।
असारको महिना, आज लगातार पानी परेको चार दिन भयो । घामको अनुहार देखिएको हैन । बारीका मकैका पातहरु बजेर केहि सुनिदैन । एकाविहानै देखि घरको धुरीमा बसेर काग कराई रहेका थियो । आज त सुम्निमाको जन्मदिन सायद, विदेशबाट वलीहाङ्गको फोन आउँछ होला भनेर पारु र सुम्निमा कुरेर बसी रहेका छन् । तर अन्तरी छ्यामाकोबाट (छ्यामा—काकी) केहि खवर आएको हैन । गाउँ भरीमा त्यहि अन्तरी छ्यामाकोमा मात्र फोन छ । बिहान उठेर पारुले छोरीलाई घरमा नै टिका लगाई दिई अनि पापाको आज फोन आउँछ भनेकी थिई । आमा छोरी घरको दलानमा बसेर फोनको प्रतिक्षामा बलेसीको पानी नियाल्दै बसि रहेका छन् । पारुको मन भरि बेदनाहरु छरपस्ट भएका छन् । परदेशको ठाउँमा के गर्दै होला ? समयमा खाना खान्छ की खादैन ? दुःख विराम पर्दा हेर्ने कोहि छैन । हे भगवान ! गरीव हुनु भनेको अभिसाप रहेछ । मनमनै आफुलाई धिक्कारी रहन्थी ।
सुम्निमा मामु, पापा आज आउने भनेको हैन ? खै त अहिले सम्म आई पुग्नु भएन नी ?
पारु (पारुले सुम्निमाको अनुहारमा नियाली । मलिन अनुहारले उसको पापालाई खोजिरहेको आभास पाउन सकिन्थ्यो । पापा गए देखि नै सुम्निमा उदास देखिन थालेकी छे । अवोध छोरीको अनुत्तरीत प्रश्नहरु सुनेर पारु एकान्तमा निक्कै पटक एक्लै रोएकीछे ।) नानी तिम्रो पापा पछि आउनु हुन्छ तर आज पापाले फोन गर्नु हुन्छ ।
सुम्निमा मामु हाम्रो पापा हामी सँग रिसाउँनु भएको हो ? नत्र सबैको पापाहरु घरमा छन् मेरो पापा किन मसँग हुनुहुन्न ?
पारु हैन छोरी, तिमीलाई तिम्रो पापाले अति नै मायाँ गर्नु हुन्छ । त्यहि भएर छोरीको लागि पापाले धेरै पैसा कमाउँदै हुनुहुन्छ ।
सुम्निमा हैन व्यारे, तपाई जहिले पनि रुनु हुन्छ । म पापा आए पछि भनि दिन्छु । (छोरीको निर्मल बोली र बाल शुलभ निर्दोषपन देखेर पारुको मन भक्कानियो तर आफुलाई सम्हालेर बसी ।
दिन भरी असारे झरी दर्की रह्यो । पारी धोवीडाँडामा हेर्दा हेर्दै पैह्रो गयो । मसिने कान्छाको घर र गोठ लग्यो । धन्न मान्छे र जनवारलाई केहि भएन । चिसाङ्ग खोलामा बाढि आएर वारपार गर्न सक्ने अवस्था छैन । धेरै दिन भयो लेटाङ्ग बजार जान नसकेको । धन्न बेलवारीबाट खैरेनी सम्म बस चल्नाले नुन तेल खानलाई खाँचो छैन । समय आफ्नै रफ्तारमा बहि रहेको छ । साँझ पर्ने बेला हुन लाग्यो तर, सुम्निमाको पापाको अझै विदेशबाट फोन आएन । छोरीले पनि निरासाको आँखाहरु विछ्याई रही । पारुलाई घरि झनक्क रिस उठेर आउथ्यो तर मनलाई काबुमा राख्थी सायद कामको चापले गर्दा समय भएन होला । फेरी सोच्थी जस्तो सुकै भए पनि छोरीको जन्मदिन भन्दा अर्को महत्वपूर्ण काम के हुन सक्छ र ? कल्पना गर्दा गर्दै कहाँ हराउन पुगी सुम्निमाले आवाज दिदा झसङ्ग भई ।
सुम्निमा मामु भोक लाग्यो ।
पारुलाई आपत प¥यो फोनको प्रतिक्षामा आज खाना बनाउन नै भुसुक्क विर्सिएछ । आफुलाई बेहोसी ठानेर ग्लानी गरी । अनि छोरीलाई लिएर चुल्हो तिर लागी ।
बाहिर गाडिको आवाज र हर्न बजेको सुनियो । केहिबेरमा परिचित स्वरले “भाउजु” भनेको सुन्दा पारु नराम्ररी झस्कीन पुगी । उस्ले त्यो स्वरलाई नजिकबाट चिनेकी थिई । त्यो स्वर अरु कसैको नभएर एकलव्यको थियो । पारु एकै श्वासमा दगुरेर बाहिर आई पुगी । बलेसीमा निथ्रुक्क भिजेर किंर्तव्यमुढ ठिङ्ग उभिरहेको थियो “एकलव्य” । पारुको खुशीको सिमा रहेन । एकछिनमा सुम्निमा पनि आई पुगी । एकलव्य घरि पारुलाई हेथ्र्यो घरि सुम्निमालाई तर केहि बोल्न सकिरहेको थिएन । उस्को बोल्ने सामथ्र्य हराई सकेको थियो ।
पारु भाई अनि दाजै खै त ? (एकलव्यलाई एक्लै देखेर वलीहाङ्गको बारेमा चासो लिईन ।)
एकलव्य केहि बोल्न सकि रहेको थिएन । दर्के पानीले बगाएको भाउजुको सिन्दुर तिर एकोहोरो हेरी रहेको थियो । जिज्ञासु आँखाले पापाको ममता खोजिरहेको सुम्निमाको मुहारमा नियाली रह्यो । त्यहि वेला गाडिबाट अन्य चार जनाले एउटा बाकस (सन्दुक) पारुको अगाडि ल्याएर राखी दियो । पारुलाई त्यो बाकस भन्दा पनि वलीहाङ्गको बारेमा जान्ने उत्सुकताले छोडेको थिएन । पानीले रुँझेको शरिर कमाउँदै त्यहि प्रश्न पटक पटक एकलव्यलाई सोधिरहेकी थिई । एकलव्यका ओठ कामीरहेका थिए । आँखाहरु बर्षौ शोकमा डुवेका जस्ता देखिन्थे । हात गोडा थर्रथरी कामिरहेको थियो । विस्तारै हात उठाएर बाकस तिर संकेत ग¥यो । तर पारुले केहि बुझ्न सकिरहेकी थिईन ।
पारु भाई छिटो भन न दाजै आउँनु भएन ?
एकलव्य भाउजु म कसरी बताऊ ? हाम्रो दाजै यो बाकस भित्र छ भनेर ............................।
यो कुरा सुन्ने वित्तिक्कै पारुले आफ्नो अगाडि भएको बाकस एकै झट्कामा उघारी । अहो ! पारु ठिङ्ग मुर्तिवत बनि । बाकस भित्र वलीहाङ्ग लम्पसार परेर मृत्युवरण गरी चीर निन्द्रामा सुति रहेको थियो । तर उस्का अनुहारका भावहरुमा असन्तुष्टी झल्किरहेको देखिन्थ्यो । यस्तो लाग्दथ्यो, पारु र सुम्निमा प्रति भएको अन्याय देखि उस्को आत्मा रुष्ट थियो । पारुले वरिपरिको संसारलाई देख्न छोडि । वाक्य फुटेन । बेहोस बनेर वलीहाङ्गको पार्थिव शरिरलाई हेरीरही । केहि क्षणमै छिमेकीहरु भेला भई सकेका थिए । कोहि के भन्दै थिए कोहि के भन्दै थिए । विचरी सुम्निमा....। त्यहि भीडमा पापाको चेहरा खोजिरहेकी थिई । अनि मामुलाई भोक लागेको अनुनय गर्दै थिई । निक्कै समय पछि पानी थामियो । पारुलाई केहि होस आयो । छिमेकीहरुले घेरीको बिच भागमा आफुलाई पाई । आफ्नो सर्वश्व हरण भई सकेको थियो । कारण वलीहाङ्गको असायामिक निधनले उसको संसार अध्यारो बनेको थियो । बिचरा वलीहाङ्ग काम गर्न विदेश गएको तर सुतेको अवस्थामा नै मृत्युवरण गर्न पुग्यो ।
पारु (बाकसमा भएको लाश छेऊ रुँदै) मेरो देव, मेरो राजा तपाई सारै निस्ठूरी हुनु भयो । यो कहाली लाग्दो संसारमा हामीलाई एक्लै छोडेर तपाई जान पाउँनु हुन्न । तपाईले मलाई बाचा गर्नु भएको थियो की, तपाईले कहिले पनि हाम्रो साथ नछोड्ने भनेर आज फेरी यो दोबाटोमा अलपत्र पारेर जान पाउनु हुन्न । हाम्रो यात्रा अधुरो छ । तपाई विनाको यो जीवन व्यर्थ र बेकाम हुनेछ ।
छिमेकीहरुले पारुलाई सम्झाउँन थाले । तर कस्को मन थामिन्छ र ? अवोध सुम्निमाले केहि बुझ्न सकिरहेकी
थिईनन् । मामुको आँखामा आँशु देखेर रुन्चे मुहार लिएर मामु नजिक आई ।
सुम्निमा मामु तपाई किन रुनु भएको ? नरुनु न पापाले फोन नगरेर रुनु भएको हो ? म पापालाई फोन गर्नु भन्छु नी मामु...........।
पारु (रुँदै छोरीलाई अंकमाल गर्दै) छोरी तिम्रो पापाले हामीलाई कहिल्यै पनि फोन नगर्ने भनेर हामी सँग रिसाएर जानु भयो ।
सुम्निमा हैन तपाई झुट बोल्दै हुनुहुन्छ । (सुम्निमा ठुस्कीएर बाकस तिर फर्कि । बाकस भरि बरफ देखि अझ चियाएर हेरी बरफ भित्र पापाको अनुहार देखि । अचानक सुम्निमाको मुहारमा खुसिका रेखाहरु छरिए) मामु........... पापा यहाँ लुकेर बसिरहनु भएको छ ।
सबैको आँखा त्यो अवोध बालिका तिर गयो । हरे ! निर्दोष त्यो बालिकाको बाल शुलभ बोलीले सबैको छाति चिरीयो । पारु झन्झ्न रुन थाली । केहिबेर पश्चात उसको वाक्य बस्यो हेर्दा हेर्दै बेहोस भई । सुम्निमा घरी मामु भएको तिर आएर घच्घचाउँछे, घरी पापाको लाश भएको बाकसमा गएर पापालाई बोलाउँछे ।
सुम्निमा पापा उठ्नु न हो..........। (लाडे स्वरमा) मामु रुँदै हुनुहुन्छ । पापाले मलाई जन्मदिनमा बरफ ल्याई दिनु भएको हो ? हेर्नु (छिमेकीहरुलाई वरफ देखाउँदै) पापा मलाई बरफ ल्याई दिनु भएको छ । पापा तपाई म सँग नवोल्ने ?? म पनि बोल्दिन नी फेरी...................................। पापा....................पापा...........बोल्नु न ............। सबैको आँखाहरु रसाएका थिएँ । कसैले सुम्निमालाई सम्झाउँने शाहस गरेनन् । पारु बेहोस..............बेहोस.........साँझ झमक्क पर्न लागेको छ । पानी पर्न ठप्प रोकिन्छ ।
पर्दा खस्छ
समाप्त
अहो !! कस्तो निस्ठुरी दैब !!! त्यसैले बिदेशमा गएर अकलमा ज्यान गुमाउनु भन्दा स्वदेशमै बस्नु राम्रो !!
ReplyDeleteतर भनेको जस्तो सजिलो त कहाँ हुन्छ र गरिखानलाई !!!!
बाध्यताले भएपनी बिदेसिनुपर्ने .........