स्मृतिरोगी रामबहादुर गुरुङ्ग ‘सर्वत्रापमानित’
नवोदित साहित्यिक वाचनालय, कतार
लासमाथि मेरी आमा झम्टी–झम्टी रुँदा,नवोदित साहित्यिक वाचनालय, कतार
तिमी कुम ठोकी–ठोकी नाचिदिनु ।
संस्कार अनुरुप मेरो अन्त्यष्टिको मन्त्र जपिंदा,
तिमी खित्का छोडी उन्माद हाँसो हाँसिदिनु ।
श्मशानघाटतर्फ मेरो मलामीको लस्कर लाग्दा,
तिमी सुन्दर भविष्यको परिकल्पना गर्दै जन्तीसहित पराईघर जानु ।
श्मशानघाटमा मेरो चिता निर्माण हुँदा,
तिमी आफ्नो गगनचुम्बी महलको सिंहावलोकन गर्नु ।
मेरो पार्थिव शरीर चितामाथि चढाईंदा,
तिमी सुखानुभूतिका साथ कर्मघर सम्हाल्नु ।
मेरो मुखमा दागबत्ती परेको बेला,
तिमी तालीको एक गडगडाहट मच्चाउनु ।
म अग्निले पूरै खरानी भएको बेला,
तिमी संसार विजय भएको सम्झनु ।
विजयको गौरवोत्सवमा विशाल पार्टीको आयोजना गर्नु ।
बश् विजयको उच्छवास फेर्नु ।
0 comments:
Post a Comment