Home » » कतारमा महिलाको स्थिति

कतारमा महिलाको स्थिति

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Thursday, September 16, 2010 | सम्प्रेषण समयः 8:44 PM

इन्दीरा कुईकेल
कतार नेपालीहरुलाई वैदेशिक रोजगारीको लागि अरु मुलुक भन्दा सुगम देश बनेको छ । करिब तीन लाख नेपालीहरुले यसलाई आफ्नो कार्यथलो बनाएका छन । यहाँ नेपालीहरु आफ्नै कम्पनी खोलेर व्यवसाय गर्ने देखि लिएर घरेलु कामदारको रुपमा या मरुभूमिमा भेडा चराउने काम गरेर आफ्नो सुनौलो बुनीरहेको भेटिन्छ । कतारलाई पुरै घुमेर हेर्दा हरेक चोक चोकमा गल्ली गल्लीमा नेपालीहरु भेटिन्छन । विगत केही वर्ष देखि नेपाली महिलाहरुको पनि उल्लेख्य वृद्धि भएको पाईन्छ । वैदेशिक रोजगारीको लागि कतार जान नेपाल सरकारले अनुमति नदिए पनि वैकल्पिक मार्ग खास गरी भारत हुँदै प्रशस्त महिलाहरु कतारमा आएर काम गरी रहेका भेटिन्छन । अहिले आएर नेपाल सरकारले पनि महिलाहरुलाई कम्पनीको हकमा भने जान बाटो खुल्ला गरेको छ । जसको फलस्वरुप आजभोलि कतारमा प्रशस्त नेपाली महिलाहरु भेटिन्छन ।
 आन्तरिक विभिन्न मतभेदहरु भए पनि कम्पनीको काम महिलाहरुका लागि राम्रो नै मान्नुपर्छ कम्पनी भित्र हलुका काम नै दिएको पाईएको छ ।
 नेपालबाट मेनपावरसँग गरेको एग्रीमेन्ट अनुसारको तबल र अन्य सुविधा नपाउने जस्ता समस्याबाट महिलाहरु पनि वन्चीत यो सबै हाम्रो देशको फितलो प्रशासन यन्त्रको उपज हो जसबाट दलालहरु मोटाउने र वास्तविक श्रम गर्नेहरु ठगिने क्रम बढ्दो छ । महिलाहरु काम गर्ने कतिपय कम्पनीमा खाने बस्ने सुविधा भए पनि कतिपयमा मात्र बस्ने सुविधा दिईएको छ कुनै कुनै कम्पनीमा डबल ड्युटी पनि गर्नुपर्छ । तबल स्केल थोरै भएको कारणले डबल ड्युटी गर्नै पर्ने बाध्यता पनि छ । दलालहरुलाई तिरेको मोटो करम तलबले मात्र तीन वर्षमा पनि कमाउन नसकिने अवस्था एकातिर छ भने अर्को तिर पारिवारिक जिम्बेवारी अनि आफुले देखेका सपनाहरु यस्तै यस्तै समस्याले पिरोलिदै जति पनि काम गर्न बाध्य छन ।
अधिकांश महिलाहरु दुर्गम भेगका नै बढी आउने गरेको पाईएको छ त्यही भएर होला शिक्षित महिलाहरु अत्यन्त कम छन । निरक्षरहरु नै बढी छन उनीहरुलाई भाषाको समस्या विदेशी चालचलन बारे केही ज्ञान नभएको कारणले कति ठाउँमा कयौ समस्यासँग झेल्नु पर्छ । हाम्रो नेपाली समाज भनेको एउटा स्वतन्त्ररुपमा आफुखुस हिडडुल गर्न बन्देज नभएको समाज हो । याने खुल्ला समाज यहाँ महिलाको हकमा अलिकति बन्देज नै छ । तसर्थ कति कम्पनीमा खुल्ला  भएपनि अधिकाशं कम्पनीको नियम प्राय महिलाको हकमा उस्तै छ ।
कम्पनीमा दिनमा आठ घण्टाको काम हुन्छ अनि थोरै समयको अन्तराल पछि डबल काम हुन्छ सो¥ह घण्टाको डुयुटी सम्म गर्नुपर्छ ,अनि शुक्रबार सार्वजनिक विदा हुन्छ ।  विदाको दिनमा पनि आफुखुस क्याम्पबाट बाहिर जान पाइदैन । बाहिर जाने एउटा निश्चित समय हुन्छ , त्यही समय भित्र ,निश्चित ठाउँ हुन्छ त्यही ठाउँ अनि त्यही समयवधि भित्र आफुलाई हप्ताभरी चाहिने सामानहरु किनेर  ल्याउनुपर्छ । यस्तो लाग्छ हामी अरुदिन पिंजडामा थुनिएका सुँगा जस्तै हौ । जसरी पिंजडा खुल्दा सुँगाहरु खुशिले रमाउँदै आकाशमा उड्छन हामी पनि त्यस्तै खुशिमा शुक्रबार दोहा घुम्छौ । बाहिर निस्किएर जाँदा बजारमा आफन्तहरुलाई केही समय भेटेर हप्ताभरिको गुनासाहरु पोख्न पाउँदा आफुलाई आफ्नो गाउँघरमा नै पुगे जस्तो लाग्छ अनि फेरी समयभित्र नै त्यस्तै गरी तँछाड मछाड गर्दै क्याममा आउँदा कुनै ठुलै अपराध गरेर सजाय काटिरहेको कैदी जस्तै लाग्छ । यसैमा पनि महिलाहरु  हँसिला नै देखिन्छन । यसमा महिलाहरुको कुनै गुनासो त छैन जुनदेशमा आयो त्यो देशको नियम कानुनमा बाँधिनुपर्छ नै । देश अनुसारको भेष त गर्नै पर्छ ।अधिकांश महिलाहरुले १४ घण्टा काम गरेर नेपाली रुपैया २०,२५हजार कमाएका छन अनि आफनो जिम्मेवारी पुरा गरिरहेका छन । कुनै रिक्स बिना नै कतारमा रोजगारीमा आउँदा अलिकति आफुलाई चाहिने सामान्य भाषा अनि थोरै प्राविधिक शिक्षाको ज्ञानको साथमा दुईचार अक्षर जानेका महिलाहरुले राम्रो नै अवसर पाएका पनि छन् । योग्यताको कदर गल्फमा भएको देखिएको छ,साथै सम्मान पनि ।  गल्फमा महिलालाई सुरक्षा छैन भन्थे म पनि यहि सोच्थे तर । न मरि स्वर्ग देखिदैन भने जस्तै मलाई भएको छ । गल्फमा महिला कामदारको रुपमा जानुहुदैन अनि गल्फबाट आएकी महिला भनेपछि हाम्रो समाजमा हेयको दृष्टी राखिन्छ । अनि विभिन्न नाम राख्दै कुराकाट्नेहरु पनि प्रशस्तै भेटिन्छन । केही घटनाहरु नभएका पनि हैनन तर सबै ठाउँमा त्यस्तो भने अवश्य छैन । देश भित्र पनि एकादुई घटनाहरु त महिलाहरुको विपक्षमा घटीरहेका हुन्छन नी यस्तो गलत प्रचार हुनुमा संकोचित अनि गलत माननसिकताले गर्दा हो । महिलाहरु आफ्नै घरमा सुरक्षित छैनन आफ्नो लोग्नेको साथमा सुरक्षित हुदैनन गल्फमा गल्फलाई मात्र दोष दिईरहन मिल्दैन । स्वयं महिलाले नचाहँदा सम्म यहाँ पुरुषहरुले नजर मिलाएर पनि हेर्न सक्दैन । कति राम्रो छ जहाँ गए पनि महिलाको लागि अलग्गै सुरक्षीत स्थान हुन्छ । हामी कामदार को रुपमा काम गर्ने विदेशीलाई यहाँका नागरिकले केही गर्दैन सम्मान गर्छन । तर घरमा काम गर्ने महिलाहरुलाई भने कम्पनीमा जस्तो त्यति धेरै सुरक्षा र सम्मान भएको पाईदैन ।
कतारमा नेपाली महिलाको लागि सबै भन्दा बढि समस्या दुख  मानसिक हैरानी त नेपाली दाजुभाईबाट नै भएको छ । किन यति धेरै निगरानी नेपाली महिलाको फोन नं मा हुन्छ ? आफुले ५५ डिग्रीको ताप र खब्बुसको छाक गरेर कमाएको रियाल जसमा  तपाईको ती अवोध सन्तान अनि तपाईको बुढाबाबु आमाको  भोकको लागि खचिर्नुपर्ने रियाल किन फोनमा कार्ड हालेर सिध्याउनु हुन्छ ? अनि अपाच्य शब्द सुनाउनु हुन्छ ? महिला जसले तपाईलाई यो संसार देखाइन । तपाईको लागि सुनौलो सपना देख्ने आमा नारी नै हो अनि तेल र मखमली फुल ले छेकेर लामो उमेरको प्राथना गर्ने दिदी पनि  एक नारी  नै हो । तपाईहरु नारीको यो अमूल्य योगदानलाई बिर्सिएर किन मुटु पोल्ने शब्दहरु प्रयोग गर्नुहुन्छ ? के हाम्रो संस्कृति सिकाएको यहि हो ? एउटा चेतना गुमेको जनावरको जस्तो ब्यवहार गर्न नेपालीहरुलाई शरम लाग्नु पर्ने होइन र ? शरिर थरथरी काप्ने शब्दहरु बोल्न के हाम्रो संस्कृतिले हो ? युवा भनेको देशका कर्णधार हुन उनीहरुको व्यवहारको प्रत्यक्ष असर देशले व्यहोर्नु पर्ने हुन्छ । कतारमा रहेर आफ्नो सुनौलो भविश्यको सपना कोर्ने नेपाली दाजुभाईहरुको छिटै विवेक आवस कामना गरौ । कतारमा धेरै विकृति छ नेपाली महिला र पुरुषमा,कति महिलाहरुले पनि आफु के हो भन्ने र आफनो उद्देश्य भुलेर खराब कामहरु गरेको पाइन्छ तर केही जना खराब भयो भन्दैमा सबैलाई एउटै तराजुमा राखेर जोख्नु त भएननी अनि एउटै परिभाषा गर्नु आफैमा मुर्खता होइन र ? जबसम्म हामीले यो विकृति आफैबाट हटाउँदैनौ तपाई जहाँ गएपनि आफु राम्रो नभई जति नै शताब्दी भएपनि केही हुदैन । आफैलाई समयको मागसंगै  परिवर्तन गरेर अलिकति उदारभाव राखेर सोचौ सबै महिला खराब हुदैनन गलत काम गर्न र विग्रन भनेर कोही आएको होइन जेथा साहुलाई बुझाएर मुटुमाथि ढुंगा राखेर आएका हुन । स्वदेश जस्तो त अवश्य पनि नहोला तर पनि गल्फ नराम्रो भनी हाल्न चै मिल्दैन । महिलाको हकमा ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment