Home » » गीत (बाढीले लग्यो रे पहिरो ले लग्यो रे)

गीत (बाढीले लग्यो रे पहिरो ले लग्यो रे)

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Thursday, September 16, 2010 | सम्प्रेषण समयः 8:34 PM

टि.एन. बोम्जन
हाल, दोहा, कतार
बाढीले लग्यो रे पहिरो ले लग्यो रे
गाँउमा एउटा झुप्रो थियो त्यै पनि लग्यो रे

आमा पनि पल्लो गाँउमा साहारा माग्थीन रे
प्राण प्यारी बच्चा छोडी अन्तै गा’छिन रे
बाबा पनि कता हो मुग्लान गा’छन् रे
बाल बच्चा बुढी आमा एक्लै भा’छन् रे
बाढीले लग्यो रे ......

दाईहरु भाउजु लिई छुट्टै बसेरे
दिदी बहिनी आफ्नै घरजम गरी सके रे
आफ्ना भन्ने आफन्त नै पराई भा’छन रे
बाल बच्चा बुढी आमा एक्लै भा’छन रे
बाढीले लग्यो रे......

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment