Home » » गजल

गजल

सम्प्रेषकः mahendra biyogi gurung | सम्प्रेषण मितिः Sunday, March 13, 2011 | सम्प्रेषण समयः 7:25 PM

गजल चुडामणि काफ्ले
बिनासिति रुयौ भने मेरो भन्नु केहि छैन
गलत बाटो चुन्यौ भनै मेरो भन्नु केहि छैन

यर्थाथता विर्सिएर कल्पनामा रमाउदै
उडी आकाश छुन्छौ भने मेरो भन्नु केहि छैन

माया एक पँछी नहो उड्न देउ भन्दा भन्दै
मुटु भित्र थुन्छौ भने मेरो भन्नु केहि छैन

आफ्नै प्रेमी नचिनेर शत्रु सम्झि फसाउन
जाल नैलो बुन्छौ भने मेरो भन्नु केहि छैन

तिमीलाई माया गर्छु मात्र भनेको हुँ मैले
नराम्रो नै सुन्छौ भने मेरो भन्नु केहि छैन

विर्सिएर बाचा कसम बिहे गर्न हतारिदै
बरमाला उन्छौ भने मेरो भन्नु केहि छैन

तिम्रो लागि मरिदन सक्छु भन्ने जान्दा जान्दै
पराइकै हुन्छौ भने मेरो भन्नु केहि छैन
झापा
हाल दोहा कतार


संप्रेषण बाँड्नुहोस् :