Home » » नवोदित द्धारा ३८औँ वाचन शृखला सहित श्रद्धाञ्जली सभा सम्पन्न ।

नवोदित द्धारा ३८औँ वाचन शृखला सहित श्रद्धाञ्जली सभा सम्पन्न ।

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, March 14, 2011 | सम्प्रेषण समयः 8:50 PM

    “भाषाको उत्थान नेपालीको पहिचान”भन्ने मुल उद्घोष का साथ नवोदित सात्यिक वाचनालय कतारको नियमित ३८औं काव्यिक बाचन शृखला सहित नेपाली साहित्यका अग्रज स्रष्टा डायमड शमसेर तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता एवम् पुर्व प्रधानमन्त्री कृष्ण प्रशाद भट्टराईको असामाहिक निधन प्रति गहिरो दुस्ख व्यक्त गर्दै दिवङगत आत्माको चिर शान्तिको कामना गर्दै उल्लेखनिय साहित्यकारहरुको सहभागिता मा श्रद्धाञ्जली कार्यक्रम संस्थाका अध्यक्ष नबराज वि क ‘अटल’ को सभापतित्वमा सम्पन्न भयो ।
   राणा परिवारमा जन्मिएका डायमन नेपाली जनताको हितका लागी आफ्नै घर बाट विद्रोह गरी कलमको निब वाट जहानिया राणाहरुको शासन व्यबस्था र जनताका यथार्थ समसामहिक घटनाहरु लाई साहित्यिक माध्यम बाट चेतना जगाउने काम गरेका थिए । उनका चर्चित कृतिहरु सेतो बाघ,बसन्ती,अनिता जस्ता थुुप्रै कृतिहरुले नेपाली साहित्यमा अतुलनिय योगदान रहेको छ । उनी यस संसारमा नभएता पनि उनका कृतिहरु सदा अमर रहने छन् । भन्दै साहित्यकारहरु ले उनको जीवनी बारे चर्चा गरेका थिए ।
   साथै निरकुश एकतन्त्रिय राणा शासन तथा पञ्याती विरुद्धको संघर्ष गर्दै प्रजातन्त्र स्थापनामा अगुवाई भूमिका निर्वाह गरेका किसुनजी लाई स्मरण गर्दै देशले कुशल नेत्तृत्व तथा योद्धा गुमाउदा नेपालीजनमा मर्माहित बनाएको वक्ताहरुले बताएका थिए । उहाहरुको समझनामा समर्पित विभिन्न विधामा महेन्द्र गुरुङ्ग,युगयोगी राई,नबराज वि क टिका खत्री,चुडामणी काफ्ले,पुर्ण बेघा, दल बहादुर खत्री,हर्क बहादुर राई,भिवेद्र सिलवाल,दिलिप अविरल,बलबहादुर केशी,छविरमण कट्टुवाल,लगाएतका साहित्यकारहरुले कविता,गजल,मुक्तक,हाइकु,वाचन गरेका थिए ।


संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment