Home » » गजल (हर्के काका बिरे दाई अचेल)

गजल (हर्के काका बिरे दाई अचेल)

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, May 30, 2011 | सम्प्रेषण समयः 9:36 AM

दिनेश आचार्य ‘मन्डू’ 

Add caption

हर्के काका बिरे दाई अचेल के गर्दै होलान
साइली माइली पधेरा मा पानि भर्दै होलान l

उस्तै होला मेरो घर उस्तै होला बनपाखा
भारि बोकी भरिया दाई मधेस तिर झर्दै होलान l

गाउबेसी साथी भाई परदेश मा सम्झन्छु म
धान थन्काई गहु मकै खेत मा बा छर्दै होलान l

गरिबी को पर्खाल तोड्न मुग्लान आए म त

घरबारी गाइ भैसी साहुको मा पर्दै होलान l

.............@.............

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment