Home » » गजल (एकै घुट्मा सास लिने जहर)

गजल (एकै घुट्मा सास लिने जहर)

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, May 30, 2011 | सम्प्रेषण समयः 9:44 AM

सागर बस्नेत “युध्दविराम
एकै घुट्मा सास लिने जहर खोज्दैछु !
उन्को याद नआउने शहर खोज्दैछु !!

सम्झनाले तोड्न लाग्यो बाँध यो मनको !
बह पोख्ने यौटा सानो नहर खोज्दैछु !!

कति आँधी आएपनि सकेन लैजान !
ति स्मृति बगाउने लहर खोज्दैछु !!

बिर्सु भन्दा झन धेरै सतायो तृष्णाले !
उनीबिना बाच्नसक्ने प्रहर खोज्दैछु !!

बशन्तको मौसमले डस्दछ मलाई !
किनारमा पर्खिबस्ने बगर खोज्दैछु !!

हाल: साउदी अरब

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment