Home » » गजल

गजल

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, May 30, 2011 | सम्प्रेषण समयः 9:20 AM


          गजल                            मायाँ खड्का                        
हास्न त अब कहाँ सक्छुर, आखामा आशु छाइसकेको छ ।     
बाच्न त अब कहाँ सक्छुर, जीन्दगीले हार खाइसकेको छ ।

सहेर मैले पिडाहरु, जीन्दगीका यातनाहरु
खुसि हुन त अब कहा सक्छुर, बिरहले गित गाइसकेको छ ।

बेसहारा भएपछि, आखाँबाट आशु झरे पछि
सहारा पाउन त अब कहा सक्छुर, समय पराइ भैसकेको छ ।

जीन्दगीले घात गरे पछि, भाग्यले नै ठगे पछि
नयाँ जीवन पाउन त अब कहा सक्छुर, नियतीले बाटो रोजिसकेको छ ।

बिछोडको असिनाले चुटे पछि, दैबले खुसि लुटेपछि
फूल भै फक्रन त अब कहा सक्छुर, कोपिला मै झरीसकेको छु ।
मिती २०६७÷१०÷०५

                खलंगा–९ प्यूठान 



संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment