गजल मायाँ खड्का
हास्न त अब कहाँ सक्छुर, आखामा आशु छाइसकेको छ ।
बाच्न त अब कहाँ सक्छुर, जीन्दगीले हार खाइसकेको छ ।
सहेर मैले पिडाहरु, जीन्दगीका यातनाहरु
खुसि हुन त अब कहा सक्छुर, बिरहले गित गाइसकेको छ ।
बेसहारा भएपछि, आखाँबाट आशु झरे पछि
सहारा पाउन त अब कहा सक्छुर, समय पराइ भैसकेको छ ।
जीन्दगीले घात गरे पछि, भाग्यले नै ठगे पछि
नयाँ जीवन पाउन त अब कहा सक्छुर, नियतीले बाटो रोजिसकेको छ ।
बिछोडको असिनाले चुटे पछि, दैबले खुसि लुटेपछि
फूल भै फक्रन त अब कहा सक्छुर, कोपिला मै झरीसकेको छु ।
मिती २०६७÷१०÷०५
खलंगा–९ प्यूठान


0 comments:
Post a Comment