Home » » गजल (हे भगवान सक्ती देउ)

गजल (हे भगवान सक्ती देउ)

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, May 30, 2011 | सम्प्रेषण समयः 11:56 AM

माइनस प्लस सङग्रौला
हे भगवान सक्ती देउ यात्रा मेरो कालो नहोस् 
फूल चडाइ शरण पर्छु षड्यन्त्र को जालो नहोस् l

बुद्दी अनी ज्ञान देउ बुढा अनी बालक लाई
जनताको तक्दिर माथि फसाउने रालो नहोस् l

अपाङ्ग भए हात पाउ, दिमाग सबै भ्रस्ट भयो
नयाँ नेपाल युवाको हो देशद्रोही को पालो नहोस् l

अल्मलिने छैन युवा एक हुन्छन अघी सर्न
आसिर्बाद सबको यिनलाई नराम्रो गालो नहोस् l
.............@.............

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment