अतृप्त कमल
हजारौँको भिडबिच तिम्रै नाम देखेँ
दुनियाँ नै छक्क पार्ने तामझाम देखेँ
बन्द थियो बजार सारा आत्तिदैथ्यो रात
रातमाथी तिम्रो रजाई खुलेआम देखेँ
देउता भनि ढुंगालाई नपुजेको मैले
सपनामा खै कसरी ! चारधाम देखेँ
चारैतिर मरुभुमी बिचमा थियो गुम्बा
शान्ति शान्ति पुकार्नेको लामै लाम देखेँ
पाप फाल्न पापीहरु पुजा आजा गर्छन्
त्रिशुल धारी भक्ते मुखमा रामराम देखेँ
0 comments:
Post a Comment