Home » » कोपिलामै झरिसकेको छु

कोपिलामै झरिसकेको छु

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Saturday, July 2, 2011 | सम्प्रेषण समयः 10:04 PM


मायाँ खड्का
खलंगा–९, प्यूठान
हाँस्न त अब कहाँ सक्छु र, आँखामा आँसु छाइसकेको छ ।
बाँच्न त अब कहाँ सक्छु र, जिन्दगीले हार खाइसकेको छ ।

सहेर मैले पीडाहरु, जिन्दगीका यातनाहरु
खुशी हुन त अब कहाँ सक्छु र, विरहले गीत गाइसकेको छ ।

बेसहारा भएपछि, आँखाबाट आँसु झरेपछि
सहारा पाउन त अब कहाँ सक्छु र, समय पराइ भैसकेको छ ।

जिन्दगीले घात गरेपछि, भाग्यले नै ठगे पछि
नयाँ जीवन पाउन त अब कहाँ सक्छु र, नियतिले बाटो रोजिसकेको छ ।

बिछोडको असिनाले चुटेपछि, दैवले खुशी लुटेपछि
फूल भै फक्रन त अब कहाँ सक्छु र, कोपिलामै झरिसकेको छु ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment