
‘भाषाको उत्थान नेपालीको पहिचान ।’ भन्ने मूल नाराका साथ झण्डै सात वर्ष अगाडी स्थापित नवोदित साहित्यिक वाचनालय स्थापना काल देखि नै विविध साहित्यिक गतिविधिहरु गर्दै डायस्पोराको नमुना बन्न सफल भएको थियो । सोही संस्थाको मातहतमा नियमित वाचन शृंखला तथा कतारमा रहेका साहित्यिपे्रमीहरुलाई सहज र सर्वसुलभ ढङ्गबाट साहित्यिक पुस्तकहरु उपलब्ध गराउने हेतुले उपसमितिको रुपमा पुस्तकालय स्थापना गरी विभिन्न विधाका पुस्तकहरु उपलब्ध गराउनुका अलवा साहित्यिक प्रतियोगिता,गोष्ठी सभाको आयोजनाहरु गर्दै आइरहेको थियो ।
विविध कारण वस संस्थाको केही सदस्यहरु अलग भई नवोदित साहित्यिक मोवाइल पुस्तकालयको नाउँमा उस्तै नाम बाट कतारमा नयाँ रुप लिई नवोदित साहित्यिक मोवाइल पुस्तकालय ले साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको थियो भने वाचनालयको विभागिय पुस्तकालय उपसमिति यथावत रहीआएको छ । यसरी दुई संस्था विच लामो समय देखि अलग रुपमा रहि आएको अवस्थालाई अब भने एक हुने लगभग निश्चित भएको छ ।
यहि २० जुन २०१४ शुक्रवारका दिन दुई पक्षिय साहित्यिक संस्थाहरु विचको वृहत छलफल मा गैर आवसीय नेपाली संघका गल्फ सह–संयोजक पूर्ण के.सी तथा वुद्धिजीवी एवम् पुस्तकालय का सल्लाहाकार विल गुरुङ्गको रोवहर मा वाचनालयका पूर्व अध्यक्ष तथा हालका प्रमुख सल्लाहाकार एवम् एनआरएनएएनसीसी का युवा संयोजक नवराज वि.क, त्यसैगरी पुस्तकालयका पूर्व अध्यक्ष एवम् हालका अनेसास कतार च्याप्टरका अध्यक्ष तिर्थ संगम राईको विशेष पहलमा दुवै संस्थाका पदाधिकारी सहित वाचनालयका का.वा अध्यक्ष रवीन्द्र कुमार श्रेष्ठ पुस्तकालयका अध्यक्ष इन्द्रमणि नेपाल सहित सस्थापक सदस्य प्रविण राई,युगयोगी राई,चर्चित ढुङ्गेल,राजेश्वर ढकाल,विष्णुभक्त डिसी,भानु सुनुवार,सिताराम थापा,
भोला थापा क्षेत्री,राजु मुखिया लगायत दुवै सस्थाका पदाधिकारीहरु को उपस्थिति रहेको थियो ।
दुवै संस्था एकता गर्नका निम्ति विधान निर्माणमा संयोजकमा नवराज वि.क को संयोजकत्वमा तिर्थ सङ्गम राई, ईन्द्रमणि नेपाल,रविन्द कुमार श्रेष्ठ,प्रविण राई सहित दुवै पक्षको पधाधिकारी रहेका छन् । छिटै बैठक बसी अन्तिम निर्णयमा पुगी एकता गरिने र दुवै पक्षलाई मान्य हुने गरी स्थापनार्थ कै नाम नवोदित साहित्यिक वाचनालय हुने सहमति कायम भएको छ ।
0 comments:
Post a Comment