Home » , » नवोदित साहित्यिक वाचनालयको एकता अधिवेशन सम्पन्न

नवोदित साहित्यिक वाचनालयको एकता अधिवेशन सम्पन्न

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Monday, August 18, 2014 | सम्प्रेषण समयः 1:33 AM

दोहा –  

नेपाली भाषा र साहित्यलाई जगेर्ना गर्ने हेतुले २०६५ सालमा जुझारु साहित्यकर्मीहरुको प्रयासमा ‘भाषाको उत्थान, नेपालीको पहिचान’ भन्ने मूल नाराका साथ नियमित काव्यिक वाचन शृखला सञ्चालन गर्दै एक हूल साहित्यप्रेमीहरुको जमघटले कतारमा साहित्यिक जागरण ल्याए । जमघटले एउटा छुट्टै संस्थाको रुप लिन पुग्यो, नवोदित साहित्यिक वाचनालय । साहित्यिक अभिरुचि भएका ब्यक्तिहरुलाई समेट्दै डायोस्पोरामा अध्ययनशीलता अभिबृद्धि गर्दै पठनपाठनमा सहयोग पु¥याउने सोचका साथ त्यही नवोदित साहित्यिक वाचनालय अन्तर्गत मोबाइल पुस्तकालयको स्थापना पनि भयो । तर प्रवासी भूमिबाट साहित्यिक जागरणमा एकजूट भएर लागेका फरक वैचारिक ब्यक्तिहरुको गूटवन्दीबाट यस नवोदित साहित्यिक वाचनालय, कतारका केही सदस्यहरु संस्थावाट वाहिरिएर मोवाइल पुस्तकालयलाई अलगै सञ्चालनमा ल्याउन लालयित भए । निरन्तर रुपमा अगाडि बढ्ने क्रमसंगै दुवै संस्थाहरुले आ–आफ्नै ढंगबाट साहित्यिक गतिविधिलाई प्राथमिकता दिएतापनि साहित्यप्रति जनचासो र अभिरुचि राख्नेहरुका बीचमा भने विभाजित भएका दुई संस्थाहरुको एकता भएको देख्ने रहर उस्तै रहयो । फलस्वरुप समाजका अग्रज व्यक्तित्वहरु तथा साहित्यप्रेमीहरुको समन्वय  एवं उपस्थितिमा यसै साता दोहा स्थित होमल्याण्ड रेष्टुरेन्टमा दुवै संस्थाहरुबीच एकता अधिवेशन हुनपुग्यो । अधिवेशनले विभाजित संस्थाको एकता गर्दै नयाँ कार्य–समिति निर्वाचन गरेको छ ।


पुस्तकालयका अध्यक्ष इन्द्रमणि नेपालको सभापतित्व तथा एनआरएन एनसीसी गल्फ सह संयोजक पूर्ण केसीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमले भानु सुनुवारको अध्यक्षतामा २१ सदस्यीय समिति निर्वाचित गरेको हो । जसमध्ये प्रथम उपाध्यक्षमा रविन्द्र कुमार, द्धित्तीय उपाध्यक्षमा विन्देश्वर ठाकुर, मोबाइल पुस्तकालय संयोजकमा राजेश्वर ढकाल, महासचिवमा सीताराम थापा, सचिवमा राजु मुखिया, कोषाध्यक्षमा प्रेम भण्डारी, सहकोषाध्यक्षमा इश्वर शाही र सदस्यहरुमा पूर्ण कान्छा गुरुङ्ग, लेख कार्की, दिपमिलन, वाइ.पि गौतम, विष्णु पाल्पाली, राजन लामा, बेचन महतो, सानुबाबु मल्ल, मेघराज कार्की, चन्द्र खड्का, मोहन शाह, एस.पि माथवर, यम गुरुङ्ग रहेका छन् ।

निर्वाचन समितिमा पूर्ण के.सी, दीपक भेटवाल र गणेश बञ्जाडे रहेको उक्त कार्यक्रममा निर्वाचबाट दुई विभाजित दुई संस्था मर्च भई एक मजबूत संस्था बनेकोमा विभिन्न  संघ–संस्थाका पदाधिकारीहरु ले शुभकामनाव्यक्त गरेका थिए । कार्यक्रममा गैह्र आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्यहरु अमृत गुरुङ र उमेश अधिकारी, गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समितिका अध्यक्ष मक्सूद आलम, अनेसास, कतार च्याप्टरका अध्यक्ष तीर्थ संगम राई, सन्ध्या ग्रुप अलखोरका सल्लाहकार वीरेन्द्र कुमार याक्थुम्बा लगायत कतारका विभिन्न वैचारिक तथा सामाजिक संघ–संस्थाहरुका प्रतिनिधिहरु, बुद्धिजीवी तथा पत्रकारहरुको पनि समुपस्थिति रहेको थियो । तीसभन्दा बढी रचना वाचन गरिएको उक्त कार्यक्रम वाचनालयका पूर्व अध्यक्ष एवं एकता अधिवेशनका मध्यस्थकर्ता नवराज वि.क.ले सञ्चालन गरेका थिए ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment