Home » » कलिला घामका आभाहरु

कलिला घामका आभाहरु

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Friday, August 29, 2014 | सम्प्रेषण समयः 11:33 PM

युगयोगी राई
कलिला घामका आभाहरू
हिमालका मुहारहरूमा मुस्कुराउछन
पहाडका काखहरूमा बाँच्छन
तराइका फाँटहरूमा हूर्कन्छन
बादलका छाताहरू अोढेर
बनपाखा र नागीहरूमा लुकामारी खेल्छन
कलिला घामका आभाहरू
खेतका आली आली दैाडन्छन
आगनहरूमा मास भट्टमास कुट्छन
पधेरीमा उषा पोखाउदै
संगिनीहरूसित बसेर
बिहानीको गीत गाउँछन
कलिला घामका आभाहरू
ढोकाका दलानहरूमा
टाउको ठोकिन थालेपछि
लाजहरू पटुकीले कसेर
बैँशालु लगामहरू झट्काउछन
चैते हुरीहरू
यैावनमा ठोकिन अउदा
लाली घसेर गालाहरूमा
गुराँसका डालीहरू हल्लाएर
फूलका रसहरू खसाउछन
हो,कलिला घामका आभाहरू
छोटा छोटा फरिया लाएर
हातमा खुर्मी र सेउली बोकेर
शिली छाँट्दै साकेला नाँच्छन
शीरमा नुमाफुङ सिउरेर
एकादशी मेलाहरूमा
पालम भन्दै
धान नाँच्छन
हातमा खैँजडी बजाउदै
डेउडा नाँच्दै
मंसिरमा रोधी गाउँछन
स्यालको बिहेहरूमा
इन्द्रेनीहरूसित रत्यैाली खेल्छन
यसरी नै एकदिन
कलिला घामका आभाहरू
पृथ्वीको घुम्टो अोढेर
रातहरूसित बिवाह गरेर
सुहागरात मनाउदै
यी धर्तिका आगनहरूबाट विदा हुन्छन।

फुच्चे साहित्यकार-युग'योगी'राई 
उर्लाबारी-१,मोरङ 

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment