Home » » कहिले आउछ शान्ति

कहिले आउछ शान्ति

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Monday, August 31, 2015 | सम्प्रेषण समयः 12:41 PM

देशको शान्ति खातिर हर्केले बलिदान दिदा हर्केकि आमा अन्तरीलाई उती दु:ख लागेको थिएन। जति आज गाउँघर, बस्तीको यो कोलाहलपूर्ण आतंकित वातावरणले लागेको थियो। पहिला पहिला पढ्न पाउने अवसर मिल्दैनथ्यो। तर आज शिक्षाको लागि गल्ली गल्ली चोक चोकमा सरकारी बिद्यालयहरु प्रसस्तै छन्। उती भएन नीजी बोडिङग स्कुलहरु त झन कति हुन कति खुलेका छन्।बिधार्थी भन्दा पनि धेरै,तर सबै आमहड्ताल चक्का जाम ढुंगामुडाले गर्दा खुल्नै पाउदैनन्। 
गीता थापा ‘दोषी’

बिहान कलेज गएका छोरा छोरी साझमा घरै फर्किदैनन,अफ......कस्तो जमाना आयो बिधाता भन्दै अन्तरी आफ्नो टाउकोमा हात लगाएर खुइया सुसेल्छे। तलबाट घाँसकोभारी बोकेर अन्त्तरीकी बुहारी हर्केकि श्रीमती सानीकन्छी उक्लिदै हुन्छे। सानीकन्छीलाई देख्ने बितिकै गोठमा गाई बाच्छाहरु पनि डुवा डुवा गरेर कराउँछन।थाकेर आएकिछु एकछिन थकाई मार्छु भन्नै नपाई सानीकान्छी घाँस हाल्न पुग्छे गोठमा. सानीकान्छीको त्यो दुर्दसा देखेर अन्तरीलाई डाँको छोडेर रुन मन नलागेको कहाँ होर, तर पनि अन्तरीले आफुलाई सम्हाल्छे। किनकी आफ्नो यो कमजोरी पनले सानीकान्छीको भरोसाको बाँध भत्किएको हेर्न सक्दिन थी अन्तरी। अन्तरीले सानीकान्छीलाई कहिल्यै पनि बुहारीको नजरबाट हेरिन.सधैं छोरीकै नजरले हेरेकी छे । हुन त अझै पनि आफ्नै घर वरिपरी बुहारी हरुलाई पशुसरह ब्यवहार गर्ने छुँद्र सासूहरुको पनि कमी थिएन। तर अन्तरीले कहिल्यै त्यस्तो सीको सिकिन। आखिर सानी कान्छीको पनि कोनै थियो र अन्तरी भन्दा बाहेक यो दुनियाँमा । बाउ आमा सानैमा मास छर्न गएका रेँ!मामा घरमा हजुर आमाले हुर्काइ बडाइ कन्यादान गरेर हर्केको साथमा जिम्मा लागाएर पठाएकी थिन। तर कठै त्यहि हर्केले पनि देश र जनताको शान्ति खातिर भनेर ज्यानै सुम्पिएर सहिद भएको पनि दुई पुगेर तीनमा टेकिसकेछ। सेतो पहिरन उजाड सिउँधो उदासिनताले छोपेको मुहार।


बराकठै अन्तरीले त दोश्रो विवाह गर यस्तो लाउ,लाउ खाउ,खाउ भन्ने बेलाको उमेरलाई अन्याय नगर सानीकान्छी भनेर कति पल्ट सम्झाएकै हो। तर सानीकान्छीले भने कान बतास लागाएकी होईन। किनकी हर्केको निसानी एउटी छोरीको खातिर उसले दोश्रो विवाह नगर्ने निर्णय गरेकी थिइ।छोरीलाई धेरै पढाएर आफ्नो नीजी स्वार्थको खातिर भन्दा माथि उठेर देश र जनताको लागि आफ्नो जिन्दगी बलिदान गर्ने बाउको सपना पूरा गर्न सहि मार्ग निर्देशक बनेर उभिने सानीकान्छीको इच्छा थियो। तर देशको यो सधैंको अन्योल परिस्थितीले सानीकान्छीका ती सुन्दर सपनालाई भित्रभित्रै तुसारोपात परेर तुहिदैथ्यो । यसमा कसलाई दोषनु र खै?जन्मादाको सायतनै यस्तो होला,भन्दै सानी कान्छी आफै सँग दिक्क मान्दै छोरीलाई कखमा राख्छे, र कपाल मुसारिदिन्छे। तर आमाको काखमा बस्ने बितिकै उसमा यति धेरै कुराहरु आउछन नि!सानीकान्छी छोरीका अनगिन्ती प्रश्नहरुको उत्तर नपाएर टोलाउँदै हुन्छे, भित्र बाट सासूको आवाज "ए सानी.......? घाम पहिला भएको बेला त्यो नानीलाई बाहिर लिएर धेरै नबस भित्रै आइज?नानी पनि भोकाइ होली त पनि थाकिस आइज तातो पानी तताइ दिएकी छु हात गोडा पखालेर खाजा खाना दिउसो चाम्रे भाँत पकाएकी थिएँ। तेरी नन्द आएकी थी। अनी सानीकान्छी सासूको आवाज सँगै भित्र पस्छे। सासू अन्तरी अँगेनामा आगो फुक्दै हुन्छे । सानीले सोध्छे किन नन्द आजै फर्किनु भएको आमा एकदिन पनि नबसिकन?नभेटेको पनि पाँच महिना भएछ,कस्तो हेर्न मन लागेको थियो।खै आमा तिम्रो न्यास्रो लागेर झटै पुगेर आउछु भनेर आएकी भन्दै थी। घरमा सासू लाई रुघा खोकी लागेर बिरामी छिन् रेँ। चुलोमा बस्ने मान्छे कोही छैनन् सासूलाई अली सञ्चो भएपछि आउछु है आमा भनेर मिलिकै गैगइ। तलाई एउटा चोलोको कपडा ल्याइदिएकी रहिछ भाउजुलाई दिनु भनेर दिएर गएकीछे। 

भित्र तेरो सन्दुश माथि राखिदिएकी छु मैले। अन्तरीका सासू बुहारी गन्थनिदै हुन्छन्,बाहिर बाट कसैको नमिठो चित्कार सुनिन्छ।त्यसपछि सानीकान्छी नानीलाई भुइँमा राखेर बाहिर निक्लिन्छे। बाहिर आउँदा त फेरी सुन्तलीको श्रीमान डाँडाघरे माइलो पो आँगनमा पानी पानी भन्दै छट्पटिदै हुन्छ। माइलोको त्यो अवस्थालाई देखेर सानीकान्छी भित्र बाट पानी ल्याएर खुवाइदिन्छे। एक घुट्का पानी खुवाउँने बितिकै लाल सलाम भन्दै माइलो सहिद हुन्छ। तर खै त देश र बाँच्नेले सुख पाएका?कहीले आउँने हाम्रो देशमा शान्ति झन हेर्यो झन लडाईं झगडा चर्किदै छ। न काम गर्नेहरुले काम गर्न पाएका छन्। नत जिउधनको सुरक्षा छ। उहाँ भने हामी देश र जनताको हित्कै लागि यो सब गरिरहेका छौ रें। हरेक पल्ट भाषण गर्दा तर त्यसको राहत के जनताले पाएका छन् त ?यसकुरामा ध्यान पुर्याउँने काम देशको अभिभावक नेताको होईन र?तर उनिहरुनै आफ्नै आफन्तहरु बीचमै लडीरहेका छन् भने के देशको लागि सहिद हुनेले उच्चित न्याय पाएका छन् त? र हाम्रो त्यो त्याग र बलिदानको कदर् भएको महसुस गर्ने दिन आउँछ त?उहा भने हत्याको बद्ला लिन्छौ लिन्छौ तर खै त?सानीकान्छी त माइलाको अवस्थालाई हेरेर कहाँ कहाँ पुगिछे। र आफै ले आफै सँग यो प्रश्न गर्छे कहीले सम्म हामीले यो नर्करुपी जीवन यापन गर्ने कहीले सम्म.....?यतिकैमा फेरी चर्कोस्वरमा नारा सँगै सव यात्रा माइलाको/ घाइतेहरुको उपचारको लागि अस्पतालतिर प्रस्थान!!! 


गिता थापा, (दोषी)
हाल-इजरायल 

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment