थुप्रै पटक
आफ्नै आँखाबाट
जीवन खस्दा पनि
एकपत्र कागजमा
अड्याउन नसक्दाको दुख/पीडा
कविता बन्थ्यो भने
उहिल्यै लेख्नु थिएछ
जीवनका कविताहरू
आँखाका कविताहरू
लेखिनँ छु पछुताएँ
अहिले सम्झिन्छु हिजोलाई
मेरो मात्र थिएन - हिजो
तिम्रो पनि थियो - हिजो
उसको पनि थियो - हिजो
देशको पनि थियो - हिजो
र
हामी सबै/सबैको थियो - हिजो
तर हिजोभित्र
कविता पनि थिएछ भन्ने यथार्थ
भसुक्कै बिर्सेको रहेछु
सहिदको कस्सम !
मैले बिर्सेकै हुँ
सबै मान्छेले बाँच्नुपर्छ भनेर
बन्दुकको कविता लेख्न बिर्से
मिलेर बस्नुपर्छ भनेर
क्रान्तिको कविता लेख्न बिर्से
मान्छेहरु स्वतन्त्र हुनुपर्छ भन्ने मेरो धर्म हो
यसप्रकार
जेलको कविता लेख्न बिर्से
नत्र त जीवनभरि
कति धेरै कविता रहेछ
थवाङ्, खारा, अनि जलजला
अरुण ,तमोर, अनि कोशीहरु
फिक्कल, महाभारत, र चन्द्रगढी
आगो निल्ने ताप्लेजुङ
पहिरो सहने सिन्धुपाल्चोक
यस्तै/यस्तै
अझै धेरै
आँखाबाट खसेको
थुप्रै कविताहरू
लेख्नु थिएछ
लेखिनँ छु पछुताएँ ।
बम्जन सुबेन
बुढानिलकण्ठ नगरपालिका-४, काठमाडौँ ।
आफ्नै आँखाबाट
जीवन खस्दा पनि
एकपत्र कागजमा
अड्याउन नसक्दाको दुख/पीडा
कविता बन्थ्यो भने
उहिल्यै लेख्नु थिएछ
जीवनका कविताहरू
आँखाका कविताहरू
लेखिनँ छु पछुताएँ
अहिले सम्झिन्छु हिजोलाई
मेरो मात्र थिएन - हिजो
तिम्रो पनि थियो - हिजो
उसको पनि थियो - हिजो
देशको पनि थियो - हिजो
र
हामी सबै/सबैको थियो - हिजो
तर हिजोभित्र
कविता पनि थिएछ भन्ने यथार्थ
भसुक्कै बिर्सेको रहेछु
सहिदको कस्सम !
मैले बिर्सेकै हुँ
सबै मान्छेले बाँच्नुपर्छ भनेर
बन्दुकको कविता लेख्न बिर्से
मिलेर बस्नुपर्छ भनेर
क्रान्तिको कविता लेख्न बिर्से
मान्छेहरु स्वतन्त्र हुनुपर्छ भन्ने मेरो धर्म हो
यसप्रकार
जेलको कविता लेख्न बिर्से
नत्र त जीवनभरि
कति धेरै कविता रहेछ
थवाङ्, खारा, अनि जलजला
अरुण ,तमोर, अनि कोशीहरु
फिक्कल, महाभारत, र चन्द्रगढी
आगो निल्ने ताप्लेजुङ
पहिरो सहने सिन्धुपाल्चोक
यस्तै/यस्तै
अझै धेरै
आँखाबाट खसेको
थुप्रै कविताहरू
लेख्नु थिएछ
लेखिनँ छु पछुताएँ ।
बम्जन सुबेन
बुढानिलकण्ठ नगरपालिका-४, काठमाडौँ ।
0 comments:
Post a Comment