Home » » गजल (आँखाभरि ताल थियो, कसिलो,अंकमाल थियो)

गजल (आँखाभरि ताल थियो, कसिलो,अंकमाल थियो)

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Monday, August 31, 2015 | सम्प्रेषण समयः 1:21 AM

अनन्त उदास
आँखाभरि ताल थियो, कसिलो,अंकमाल थियो
मेरा चिसा आँखालाई घोच्ने तिम्रो,कपाल थियो

तिम्रो आँशु पुसुँ या,विमानतिर कुदुं भएथ्यो
खुट्टा काँपिरहेको थियो मेरो,हालबेहाल थियो

बिमानको झ्यालबाट,हाम्लेर तिमीसँग एकचोटि
फेरि अँगालिन मन थ्यो तर,हावाको,पर्खाल थियो

यो मुटुमा आज केवल,बसेकी छ्यौ तिमी प्रिय
जब स्वदेशमा थिएँ,यस्तो लाग्थ्यो,नेपाल थियो !

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment