आज भोली
म खाली
मृत्युको सपना देखिरहेछु
तर म
मृत्यु सित मुकावाला गरिरहेछु
म आयुको श्वास फेर्छु
तर
मेरो वारिपरि मृत्युको हावाँ चलिरहेछ
मृत्युले मेरो गाँस खोस्न आउछ
म गाँसको झटारो हानेर
मृत्युलाई धपाउछु
मृत्यु अनेक रुप धारण गरेर
मेरो शरिर भित्र प्रवेश गर्छ
मेरो मुटुमा टासिन्छ
म त्यसलाई
अल्कोहल पिएर पखाल्न खोज्छु
गोलिले मार्न खोज्छु
तर त्यो कहिल्यै मर्दैन
बरु उल्टै मलाई
च्यालेन्ज गरिरहन्छ
मेरो शरिरमा शक्ति भइन्जेल
मेरो नसा नसामा उर्जा रहिन्जेल
मेरो सामु आउदैन त्यो
जव म कम्जोर हुन्छु
अनि त्यसले मलाई
पछार्न खोज्छ
त्यसैले त म
आफन्तहरुलाई भन्छु
म चाडै मर्दैछु मृत्युले मलाई पछार्दैछ
मृत्युले मलाई जित्दै छ
हो ! एक दिन
मृत्युले मलाई कम्जोर ठानेर
नराम्ररी पछा¥यो
म उठ्नै सकिन
मेरा आफन्तहरु आएर
रोई चिच्चाई
मलाई झक्झकाएर
उठाउन धेरै प्रयास गरे
तर
म कहिल्यै उठ्नै सकिन ।
युग “योगी” राई ( स्मृति कुटीबाट )
![]() |
युगयोगी राई |
मृत्युको सपना देखिरहेछु
तर म
मृत्यु सित मुकावाला गरिरहेछु
म आयुको श्वास फेर्छु
तर
मेरो वारिपरि मृत्युको हावाँ चलिरहेछ
मृत्युले मेरो गाँस खोस्न आउछ
म गाँसको झटारो हानेर
मृत्युलाई धपाउछु
मृत्यु अनेक रुप धारण गरेर
मेरो शरिर भित्र प्रवेश गर्छ
मेरो मुटुमा टासिन्छ
म त्यसलाई
अल्कोहल पिएर पखाल्न खोज्छु
गोलिले मार्न खोज्छु
तर त्यो कहिल्यै मर्दैन
बरु उल्टै मलाई
च्यालेन्ज गरिरहन्छ
मेरो शरिरमा शक्ति भइन्जेल
मेरो नसा नसामा उर्जा रहिन्जेल
मेरो सामु आउदैन त्यो
जव म कम्जोर हुन्छु
अनि त्यसले मलाई
पछार्न खोज्छ
त्यसैले त म
आफन्तहरुलाई भन्छु
म चाडै मर्दैछु मृत्युले मलाई पछार्दैछ
मृत्युले मलाई जित्दै छ
हो ! एक दिन
मृत्युले मलाई कम्जोर ठानेर
नराम्ररी पछा¥यो
म उठ्नै सकिन
मेरा आफन्तहरु आएर
रोई चिच्चाई
मलाई झक्झकाएर
उठाउन धेरै प्रयास गरे
तर
म कहिल्यै उठ्नै सकिन ।
युग “योगी” राई ( स्मृति कुटीबाट )
0 comments:
Post a Comment