(नवोदित स्मारिका २०६७ बाट)
श्रवण मुकारुङ्ग
काठमाण्डौ, नेपाल

संसारमा कुनै पनि बस्तु वा अस्तित्वको सृजना अथवा आविस्कार भएपछि मात्रै त्यसको परिभाषा र सिद्धान्तहरु बनेका हुन् । कविता पनि त्यस्तै हो । कविताको जन्म भएपछि मात्रै त्यसका सिद्धान्त र लेख्ने तरिकाहरु अनेकौँ जन्मिए । त्यसैले प्रत्येक नयाँ विताले पुरानो कविताको परिभाषा र सिद्धान्तहरुको विघटन गर्नु पर्छ । आधुनिक कविता लेखनको मुलमन्त्र यहि हो । यहिबाट आज हामीले लेख्ने कविताको रचना, प्रकृया अघि बढ्दछ । यद्यपि ईतिहास आफैमा पुजिँ हो । जसबाट नयाँ भविस्यको रेखाङकन गर्न चाहानेले प्रशस्त लाभ लिन सक्दछ ।
कवितालाई मस्तिष्कको उच्च कृयाकलाप भनेका छन् । एड्गार एलेन पोले । त्यसतै कवि बार्खेस भन्छन् “एउटा आकारको झलकबाट कविता लेख्न सुरु गर्छु । त्यो कुनै टाढा देखिने टापु जस्तो हुन्छ । जो कथा या कविता भएर सकिन्छ । प्रारम्भ र अन्त्य मेरा सामु स्पष्ट हुन्छन् । अनि त्यसैलाई जोड्ने विचको अदृष्य भाग नै कविता हो ।” बिचार नहुनु, अर्थ नहुनु, कविको मृत्यु हुनु या थोरै शव्द भित्र सारा बाहमण्ड अटाउनु पनि कविता भएका छन् विश्वमा । तर, मेरो बिचारमा कविता बाँकि रहेको, छुटेको कुरा हो । अथवा यो विश्व व्रहमाण्डमा खालि रहेको ठाउँ अथवा अरुले देखि नसकेको सम्भावना नै कविता हो । जसको सम्वन्ध मानिस,
समाज र प्रकृतिसित अझै छ । अझ आजको कविता त कुनै कुशल फोटो ग्राफरले ख्चिेको सामुहिक तश्विर हो । जहाँ प्रत्येक पाठकले आफुलाई खोज्दछ । फोटो भित्र आफुलाई पायो भने उसले त्यो फोटो किन्छ र फ्रेम लगाउँछ । एल्वम वा कोठामा झुण्डाउँछ, तर त्यहाँ आफुलाई पाएन भने सायद हेर्छमात्रै किन्दैन । कविताको बारे आज मैले यतिमात्रै भन्न सकेँ । यसको कारण छ । यतिबेला नेपाली सँस्कृतिकर्मी बिच चर्को बहसको बिषय राज्यले प्रदान गर्ने मानपदवी, र पुरस्कारमाथि भइरहेको छ । यस बिषयले पनि अन्तत तीर्थ संगम राई जीकै आग्रहलाई कहिँ न कहिँबाट सम्बोधन गर्ने छ ।
समाज र प्रकृतिसित अझै छ । अझ आजको कविता त कुनै कुशल फोटो ग्राफरले ख्चिेको सामुहिक तश्विर हो । जहाँ प्रत्येक पाठकले आफुलाई खोज्दछ । फोटो भित्र आफुलाई पायो भने उसले त्यो फोटो किन्छ र फ्रेम लगाउँछ । एल्वम वा कोठामा झुण्डाउँछ, तर त्यहाँ आफुलाई पाएन भने सायद हेर्छमात्रै किन्दैन । कविताको बारे आज मैले यतिमात्रै भन्न सकेँ । यसको कारण छ । यतिबेला नेपाली सँस्कृतिकर्मी बिच चर्को बहसको बिषय राज्यले प्रदान गर्ने मानपदवी, र पुरस्कारमाथि भइरहेको छ । यस बिषयले पनि अन्तत तीर्थ संगम राई जीकै आग्रहलाई कहिँ न कहिँबाट सम्बोधन गर्ने छ ।
२०६२÷६३को महान जनआन्दोलन पश्चात् सामन्ति राजतन्त्रात्मक युगको अन्त्य भई हामी लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गयौँ । यद्यपि यसलाई सँस्थागत गर्दै जनतालाई परिवर्तनको प्रत्यक्ष लाभ दिन नेताहरु अशक्षम भए । बरु उल्टै जनआन्दोलनका दोषी, हत्यारा, घुसखोर नेता, राजतन्त्रका पृष्टपोषक कवि, लेखक, भ्रष्ट कर्मचारीलाई मान पदवी र पुरस्कारले शुसोभित गर्दै शहिदहरुको बलिदानको अपमान गरिरहेका छन् । उदाहरणको रुपमा भर्खरै राज्यले वितरण गरको मान पदवी, र अलँकार भएको छ । जनआन्दोलनको दोषी कट्वाल देखि सचिव हुँदै ज्ञानेन्द्रको कदमलाई स्वागत गर्ने माधव घिमिरे सम्म पुरस्कृत भए । जनताले त ती हजारौ हजार शहिदहरु, घाईतेहरु, अथवा कवि अर्जुन पराजुली, मणि काफ्ले, रुविन गन्धर्व, नन्दकृष्ण जोशी, कृष्ण सेन ईच्छुक, रामेश रायन आदि पो पुरस्कृत भएको देख्न चाहान्थे । कुनै शहिद पत्निले राष्टप्रमुखका हातबाट आफ्नो वीर लोग्नेको तक्मा थाप्दा गर्व र वेदनाले झरेको आसुँ टेलिभिजनको पर्दामा देख्दा जनतामा देशभक्ति पलाउँथ्यो । तर आज जनता आन्दोलन, परिवर्तन र सपना जस्ता आफ्नो निर्विकल्प शक्ति सितनै बिस्वस्थ रहन सकेनन् । मनमा यति ठुलो आघात, सन्देह र भ्रम उत्पन्न भएको छ । ईतिहासमै नेपाली जनता यति कमजोर भएको सायद यो पहिलो र अन्तिम घटना हो । जसले मनोवैज्ञानिक रुपमै राज्यलाई साह्रै कमजोर बनाएको छ ।
कुनै पनि राज्यको अस्तित्व र त्यसको गतिसिलताको मापन केवल राजनैतिक, आर्थिक कृयाकलापले गर्न सक्दैन । सामाजिक एवं सास्कृतिक क्रियाकलाप नै त्यसको वलियो प्रतिकात्मक रुप हुन्छ । तर हाम्रो देशको सास्कृतिक आन्दोलनको सार कहिल्यै प्रगतिशिल हुन सकेन । यसले नयाँ समय र सन्दर्भमा पनि हिजोको सामन्ति सस्कृतिकै पृष्टपोषण गरिरह्यो । गरिरहेको छ । ०६२÷६३ को जनआन्दोलनमा हामी सस्कृतिकर्मीहरुले आफैँ विरुद्ध पनि संघर्ष गरेका थियौँ । खास गरी हिजो, राजा, शासक प्रशासकका सामु दास झँै प्रस्तुत भएर लेखक, कवि, कलाकार हुने कुसँस्कार ०४६ को आन्दोलन पछि पनि कायम रह्यो । त्यसको रुप मात्रै भिन्न भयो । राजा महाराजाका ठाउँमा पार्टिका नेताहरु विराजमान भए । हामी तिनका दास वा कार्यकर्ता भयौँ । र तिनले फालेका जुठो पुरोमा रमायौँ । अहिले त झन यो क्रम तिब्र भएको छ । प्रत्येक क्रान्ति पछि हाम्रो शक्तिलाई षड्यन्त्रपुर्वक बिघटन गरियो । हाम्रो स्वतन्त्र अस्तित्व कायम भएन । जसको कारण सारा समाज, बर्ग, जाति र समुदायको सम्वोधन हुदाँ पनि सविँधान सभामा हाम्रो प्रतिनिधित्व हुन सकेन । अहिले हाम्रा थुप्रै सास्कृतिक संघ संगठनहरु छन् । तर राष्ट्रमा हाम्रो उचाई कति छ भनेर हेर्न टाढा जानै पर्दैन । आफैले आयोजना गरेको कार्यक्रम हेरे पुग्छ । त्यहाँ आइपुगेको कुनै मन्ीत्र वा नेताले कसरी हाम्रो स्रष्ठालाई धाप मार्छ ? कुन आशय वा मनोविज्ञान द्धारा कुममा हात राख्छ ? प्रष्ट हुन्छ ।
यहाँ मैले कुनै पनि सँस्कृतिकर्मी राजनितिक निरपेक्ष हुनपर्छ भन्न खोजेको हुदै होईन । मैले त केवल आम नागरिकको झैँ उसको ं(सँस्कृतिकर्मि ) शक्ति वा स्वतन्त्र अस्तित्वको रक्षा हुनु पर्छ कि पदैन भन्ने प्रश्न मात्रै उठाउन खोजेको हुँ । यसको अलवा मैले आज उठाउन खोजको विषय माथि उल्ल्ोखित, राज्यले प्रदान गर्ने मान पदवि र पुरस्कारहरुको वितरण प्रक्रिया, मापदण्ड र तीनका नामहरु के हुन भन्ने नै हो । हुन त राज्यले जब कुनै स्रष्ठालाई सम्मानित वा पुरस्कृत गर्दछ, त्यो स्रष्ठा रहँदैन भने साह्रै शास्त्रिय धारणा पनि हामी माझ रहेको छ । ईतिहासमा म्याक्सिम गोर्कि, गोपाल प्रसाद रिमाल, पारिजात जस्ता राज्यद्धारा सम्वोधन नगरिएका महान स्रष्ठाहरु प्नि छन् । तर ती धारणा र ईतिहासहरु आज असान्दर्भिक भइसकेका छन् । आज प्रत्येक स्रष्ठा आफ्नो अधिकारको लागि लड्न तयार हुनै पर्छ । जसले उसको स्थान र पहिचानको सुनिश्चितता हुनेछ र राष्ट्र निर्माणमा सघाउ पुग्नेछ ।
राज्यले सस्कृतिकर्मीहरुलाई प्रदान गर्ने साह्रै थोरै पुरस्कारहरु छन् । ती मध्ये नेपाल प्रज्ञा प्रतिष्ठान बाट प्रदान गरिने पृथ्वी प्रज्ञा, महेन्द्र प्रज्ञा, विरेन्द्र प्रज्ञा, ईन्द्रराज्यलक्ष्मी प्रज्ञा, कविता पदक आदि हुन भने सस्कृति मन्त्रालय अन्तर्गतको प्रतिभा पुरस्कारहरु रहेका छन् । जसले हिजोको व्यवस्था र सस्कृतिलाई पृष्टपोषण गर्दछ बर्तमान परिवर्तित सन्दर्भमा यी पुरस्कारका नाम र दिइने मापदण्डमा पनि परिवर्तन गरिनुपर्दछ । मुलत हिजोको व्यवस्थाले एक भाषा, एक धर्म, एक जाति, एक सँस्कृति भनेर आज नेपाली जातिको प्रगति र उन्नतिलाई रोक्यो । तर अब, बिविधताको सस्कृतिलाई सम्वर्दन गर्ने अथवा हिजो शोषण दमन र उत्पिडनमा पारिएका जाति, भाषा, धर्म लिङ्ग क्षेत्रलाई उजागर गरी राष्टिय मुलधारमा समावेश गर्ने उद्देश्यलाई सघाउ पुर्याउन त्यसको नामाकरण, वितरण र चयन हुनपर्दछ । जसले नेपाली राष्ट्रियता र लोकतन्त्रको मुल्यलाई स्थापित गराउन दिशानिर्दश गर्नेछ । आजको कुनै पनि उत्कृष्ट कविताले यहि भन्दछ । तिर्थ जी कविता जसरी लेखे पनि हुन्छ । केवल शर्त यौटै हुन्छ, त्यहाँ मानिस हुनु पर्छ । धन्यवाद ।
0 comments:
Post a Comment