
युग “योगी” राई
शरिरको रेशा रेशा र छिद्रा छिद्राबाट
पसिनाको खोलो बग्छ
लगाएको लुगा बगाउन खोज्छ
वर्षा हुदा
बलेसीबाट पानी खसे झै
बाहुला कलर र फेरोहरुबाट
पसिनाको धारा झर्छ
जुत्ताहरुको पोखरी बनाएर
खुट्टाहरु पौडी खेल्छन्
छिन मै पोखरीहरुमा भेल पसेर
बाढि आउछ
अनि म बाउुन्न डीग्रीको घाम ओढेर
त्यो खोलो तर्न तम तयार हुन्छु
हो यसरी
शरिरले तापक्रम नाप्दानाप्दै
म सावेल र गंैतिको हतियार नचाउदै
रोडा ढुङ्गा र रमलसित युद्ध गर्छु
मेरो दर्शक बनेर मुदिरहरु
याल्ला याल्ला गर्दै हुटिङ गर्छन्
म युद्ध गर्दा गर्दै
कर्म भूमिमै ढल्छु
थाहा छैन
उठाएर मलाई एसि रुममा लगिएको हुन्छ
होस आउदा देख्छु
तिनै मुदिरहरु
मलाइै हाउ आर यु नाउ भनि सोध्छन्
म रिसले आक्रोसित भएर पनि
निधौरो मुहार लिएर
मलाइ ठिक छ अहिले भन्छु
घरबाट फोन आउछ
गर्मी निकै बढे्को छरे
हाल खबर केछ
कसरी खट्दैछौ भनी सोध्छन्
जवफमा
अँ गर्र्मी अलि अलि छ पचाउदै छु
पैषा कमाउदैछु भुुन्छु ।
उर्लाबारी १ मोरङ्ग
हाल नवोदित साहित्य वाचनालय दोहा कतार
0 comments:
Post a Comment